२०८३, आश्विन २१ गते

images

प्रहरीले बुझायो लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन

प्रहरीले बुझायो लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन

सोमवार, पौष १ २०८१०६:०२
सोमवार, पौष १ २०८१०६:०२
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाइएको छ । लामिछाने माथिको अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीका अनुसार लामिछाने सहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिइएको छ । गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट लामिछाने पक्राउ परेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend