२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रवि लामिछानेलाई अन्तिम पटक आज अदालतमा...

रवि लामिछानेलाई अन्तिम पटक आज अदालतमा उपस्थित गराइँदै

रवि लामिछानेलाई अन्तिम पटक आज अदालतमा उपस्थित गराइँदै

मंगलवार, पौष २ २०८११०:४५
मंगलवार, पौष २ २०८११०:४५
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज आठौँ पटक म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइँदैछ ।

    लामिछानेलाई हिरासतमा राख्न पछिल्लो पटक लिएको ५ दिनको म्याद सोमबार सकिएकाले आज उनलाई अदालतमा अन्तिम पटक उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन अध्ययन गर्न समय लाग्ने भएकोले आज थप ४ दिनको म्याद थपका लागि लामिछानेलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।

    लामिछानेविरुद्ध पुस ५ गते जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend