काठमाडौं । प्रतिनिधि सभाको लेखा समिति संयोजक ऋषिकेश पोख्रेलकी श्रीमतीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मोरङको उमागौरी सहकारी रकम अपचलन प्रकरणमा सांसद पोख्रेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध पक्राउ पूुर्जी जारी भएको हो ।
मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले ठगी प्रकरणमा कोइरालासहित २५ जना विरुद्ध ३५ दिने अदालती पक्राउ पुर्जी जारी भएको छ । सो सहकारीमा २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको भन्दै अभियाग पत्र दायर भएको छ । उनीहरूलाई सो बिगो कायम गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदावी अभियोग पत्रमा छ ।

