काठमाडौं । काठमाडौंको एयरपोर्ट नजिकैबाट स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं- ३२ दोभानपुलका ४६ वर्षीय राजकुमार माली, नयाँ बानेश्वरका १८ वर्षीय आवाद सिंह, झापाको बिर्तामोड- ५ का २७ वर्षीय युवराज सुवेदी र झापाकै अर्जुनधारा- ७ का ३२ वर्षीय प्रवेशकुमार पौडेल छन् ।
प्रहरीले उनीहरूको साथबाट ६८ लाख रुपैयाँका साथै रकम उल्लेख गरिएका चेक ५ थान, मोबाइल ५ थान प्रदेश ३-०१-०२२ च १९७२ नम्बरको सेतो रङको हुन्डाई कम्पनीको क्रेटा कार बरामद गरेको छ ।
हुन्डी कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौं- ९ एयरपोर्ट शम्भुमार्गबाट पक्राउ गरेको हो ।

