२०८३, आश्विन २१ गते

images

धापासीमा एक घरमा आगलागी

धापासीमा एक घरमा आगलागी

बिहिवार, पौष ४ २०८१०७:५८
बिहिवार, पौष ४ २०८१०७:५८
  • images

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–६ स्थित धापासीमा एक घरमा आगलागी भएको छ । बिहीबार अपराह्न लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। 
    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार भाइकाजी श्रेष्ठको पक्की घरमा आगलागी भएको हो।

    ग्यासमा आगो तापेर ग्यास निभाएको र केहीबेरमा बिजुलीको स्विच अन गर्दा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। कम्पाउन्डभित्रको घर भएकाले आगो अन्यत्र भने फैलिन पाएन।

    स्थानीयका अनुसार साँझ ५ बजेतिर आगलागी भएको हो। आगो निभाउन उपत्यकाका विभिन्न दमकलहरूको प्रयोग गरिएको थियो।

    एसपी अधिकारीले आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको जानकारी दिए। आगलागीको कारण र अन्य सम्पत्ति क्षतिको विवरण हाल अनुसन्धानकै क्रममा रहेको बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend