२०८३, आश्विन २१ गते

images

'जनयुद्ध' शब्दको प्रयोग नगर्नू : सर्वोच्च

'जनयुद्ध' शब्दको प्रयोग नगर्नू : सर्वोच्च

बिहिवार, पौष ४ २०८११०:१०
बिहिवार, पौष ४ २०८११०:१०
  • images

    काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई 'जनयुद्ध' शब्दको प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ । अदालतको संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय बिहीबार प्रमाणीकरण भएको हो ।

    यसअघि ज्ञानेन्द्रराज आरणले संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयोग भएकामा सो शब्द संविधानविपरीत रहेकाले हटाउन माग रिट दायर गरेका थिए । जनयुद्ध शब्द संविधानको प्रस्तावना र धारा ४२ को ५० प्रतिकूल भएको सर्वोच्चको आदेशमा उल्लेख छ ।

    प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको इजलासले यो आदेश गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend