२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रवि विरुद्ध तीन अभियोगमा मुद्दा दर्ता...

रवि विरुद्ध तीन अभियोगमा मुद्दा दर्ता गर्ने तयारीः कारागार चलान होलान की छुट्लान

रवि विरुद्ध तीन अभियोगमा मुद्दा दर्ता गर्ने तयारीः कारागार चलान होलान की छुट्लान

शुक्रवार, पौष ५ २०८१०८:२४
शुक्रवार, पौष ५ २०८१०८:२४
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आज (शुक्रबार) अदालतमा अभियोजन गर्ने तयारी गरेको छ । 

    सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले आज अदालतमा अभियोग पत्र दर्ता गर्ने तयारी रहेको बताइन् । 

    सरकारी वकिल कार्यालयले मिसिल अध्ययन अध्ययन र अभियोगपत्र तयार पार्न ४ दिनको समय बाँकी राखिएको थियो । उक्त समय आज सकिँदैछ । 

    कार्यालयले रविविरुद्ध तीनवटा अभियोग दर्ता गर्दैछ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्नेगरी अभियोग पत्र तयार भइरहेको कार्यालयले जनाएको छ ।

    झण्डै ६ सय पृष्ठ लामो प्रहरी मिसिलमा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि, उनका पार्टनर एवं गोरखा मिडियाका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । 

    सहकारीको ऋण तिर्न रविले काटेका चेक प्रहरीले बरामद गरेको छ । यसलाई पनि प्रहरीले सहकारी ठगीको प्रमाणको रूपमा लिएको छ ।

    गोरखा मिडिया र सुप्रिम सहकारीमाथि अनुसन्धानका क्रममा लामिछानेले काटेको चेक फेला परेपछि उनलाई चेकको प्रतिलिपि देखाएरै सोधपुछ गरिएको थियो । 

    प्रहरीले ५१ जना प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ माग दाबी लिएर मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयमा राय पेश गरेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend