२०८३, आश्विन २१ गते

images

साताको अन्तिम कारोबार दिन पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको अन्तिम कारोबार दिन पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, पौष ५ २०८११०:४८
शुक्रवार, पौष ५ २०८११०:४८
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुन र चाँदी दुबैको मूल्य घटेको हो । 

    बिहीबार प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला ५ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य ५ सय रुपैयाँले घटेसँगै प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

    यस्तै, शुक्रबार सुनसँगै चाँदीको मूल्य समेत घटेको छ । महासंघको तथ्यांक अनुसार बिहीबारको तुलनामा चाँदी शुक्रबार प्रतितोला २० रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ५५ रुपैयाँले घटेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend