काठमाडौं । काठमाडौँ महानगरले काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वर हाइटस्थित सरकारी जग्गामा बनाएको कबाडीकाे गोदाममा शुक्रबार बिहान डोजर चलाएको छ। महानगरले डोजर लगाएर कबाडी गोदाम भत्काएको हो।
कबाडी संकलकहरुले सरकारी जग्गालाई लामो समयदेखि गोदामका रुपमा प्रयोग गर्दै आएका थिए। महानगरले त्यसलाई हटाउन आग्रह गरिरहेको थियो। तर, उनीहरुले अटेर गरेपछि महानगरले कबाडी गोदाममा डोजर चलाएको हो।

