२०८३, आश्विन २१ गते

images

जीवीसहित १९ जनाविरुद्ध अदालतमा मुद्दा दायर

जीवीसहित १९ जनाविरुद्ध अदालतमा मुद्दा दायर

शुक्रवार, पौष ५ २०८१०५:२७
शुक्रवार, पौष ५ २०८१०५:२७
  • images

    काठमाडौं ।  सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । यसअघि अदालतबाट मुद्दा चलेका जीबी राईसहित १९ जनाविरुद्ध थप मुद्दा दर्ता गरिएको हो । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले थप अभियोग र बिगो दाबी गर्दै पुरक अभियोग पत्र अदालतमा पेस गरेको हो ।

    सहकारीको सम्पत्ति गोरखा मिडियामा ल्याएर सङ्गठित अपराध गरेको भन्दै थुनामा रहेका गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डिआइजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनाको हकमा भने आइतबार मात्रै अभियोग दर्ता हुने छ ।

    कास्की प्रहरीले रास्वपा सभापति लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा १ अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो असुल राखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend