२०८३, आश्विन २१ गते

images

लोडसेडिङ हुँदा खुशी हुने जमात अझै छ : कुलमान घिसिङ

लोडसेडिङ हुँदा खुशी हुने जमात अझै छ : कुलमान घिसिङ

शुक्रवार, पौष ५ २०८१०५:३१
शुक्रवार, पौष ५ २०८१०५:३१
  • images

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गरेका छन् ।

    नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै लोडसेडिङ हुँदा रमाउने जमातले प्राविधिक रुपमा थोरै समस्या हुँदा बजारमा लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गरेका हुन् ।

    उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताए ।

    उनले माथिल्लो तामाकोशी र कालिगण्डकी बन्ने बित्तिकै लोडसेडिङ समस्या समाधान हुने दाबी गरे । ‘नेपालमा नकारात्मकताको कति रमाउने रहेछन् । लोडसेडिङ भयो । लोडसेडिङ हुँदा कति खुशी मनाउने कति जमात रहेछ भन्ने एउटा जमात रहेको केही दिनबाट हेरिरहेको छु,’ उनले भने‘विद्युत प्राधिकरण नाफा भयो भन्न साथ खुशी नहुने,विद्युत प्राधिकरण घाटा भयो भन्नासाथ खुशी हुने जमात पनि छ । नेगेटिभिटीको ठूलो जमात छ । यो देखाएर त्यो भित्रबाट कसरी आफूले कमाउने भन्ने पनि रहेछ ।’

    उनले व्यस्त समयमा केही मात्रै उद्ययोगको लाईन काटेको भन्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताए । उनले उद्ययोगीहरु विद्युत काट्यो भनेर प्राधिकरणले लोडसेडिङ घोषणा ग¥यो भन्दै हल्ला फैल्याउन व्यस्त भएको बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend