काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले खादवश दिएको छ। शुक्रबार बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको सर्वोच्चको प्रवक्ता अच्युत कुइकेलले जानकारी दिए।
यसअघि आपराधिक लाभ लिन नहुने कसुरमा रिहा भएका प्रसाईंलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको थियो। आपराधिक लाभ लिन नहुने कसुरमा रिहा भएका उनलाई प्रहरीले सङ्गठित अपराधको कसुरमा फेरि पक्राउ गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो।

