२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • देउवाको गृहप्रदेशमा शेखरलाई भव्य स्वागत, भावि...

देउवाको गृहप्रदेशमा शेखरलाई भव्य स्वागत, भावि सभापति भन्दै पहिर्‍याइयो १५ किलोको माला

देउवाको गृहप्रदेशमा शेखरलाई भव्य स्वागत, भावि सभापति भन्दै पहिर्‍याइयो १५ किलोको माला

शुक्रवार, पौष ५ २०८११०:०२
शुक्रवार, पौष ५ २०८११०:०२
  • images

    काठमाडौं । सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई धनगढीमा भव्य स्वागत गरिएको छ । १५ किलोको माला लगाएर स्वागत गरिएको छ।

    नेता कोइरालालाई धनगढी विमानस्थालमा बजागाजा सहित भव्य स्वागत गरिएको थियो । साथै उनलाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरुप १५ किलोको माला लगाइदिएर स्वागत गरिएको हो ।

    स्वागतका लागि धनगढी विमानस्थलमा भेला भएका पार्टी कार्यकर्ताले ‘भावी सभापति शेखर कोइराला- जिन्दाबाद, सुदूरपश्चिमले के भन्छ- १५ औं महाधिवेशनमा शेखर कोइराला ले भन्छ’ लगायतका नारा लगाएका थिए ।

    आगामी महाधिवेशनमा देउवाको विपक्षबाट सभापति उठ्न लागेका कोइरालालाई देउवाकै गृह प्रदेशमा भव्य स्वागत गरिएको हो । प्रदेशका ९ वटै जिल्लाका सभापति भेट्ने उदेश्यका साथ कैलाली गएका शेखर केही दिन सुदूरपश्चिममा नै रहनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend