काठमाडौँ । साताको पहिलो कारोबार दिन नै सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको तथ्यांक अनुसार आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको हो ।
आइतबार सुन प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ । शुक्रबारको तुलनामा सुन आइतबार बढेर प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १ हजार ७ सय ९० रुपैयाँ कायम भएको छ ।

