२०८३, आश्विन २१ गते

images

रवि विरुद्धको मुद्धा अदालतमा पेश

रवि विरुद्धको मुद्धा अदालतमा पेश

आइतवार, पौष ७ २०८११२:४०
आइतवार, पौष ७ २०८११२:४०
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ४ सय पृष्ठको आरोपपत्र पेस गरिएको छ।

    कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र पेस गरिएको हो । 

    जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रविसहित पाँच जनाविरुद्ध अदालतमा अभियोगपत्र पेस गरेको जनाएको छ । 

    पूरक जाहेरी लिएपछि पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि, नेटवर्कका सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध छुट्टाछुट्टै मागदाबी गरिएको छ । 

    सहकारी ठगी प्रकरणमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसबीचमा उनीसँग कास्कीका अलवा रुपन्देही, काठमाडौं, चितवन र पर्सामा समेत बयान लिइएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend