२०८३, आश्विन २१ गते

images

भक्तपुरमा मोटरसाइकल दुर्घटना

भक्तपुरमा मोटरसाइकल दुर्घटना

आइतवार, पौष ७ २०८१०१:०३
आइतवार, पौष ७ २०८१०१:०३
  • images

    काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। गएराति सूर्यविनायक नगरपालिका-१० बाँसघारी नजिक सडकमा साँगाबाट जगातीतर्फ आइरहेको बा.प्र.०२-०४० प ३२२४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

    मृत्यु हुनेमा काठमाडौंको कीर्तिपुर बस्ने २९ वर्षीय सिद्धान्त साह रहेको प्रहरी परिसर भक्तपुरले जनाएको छ। मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend