२०८३, आश्विन २१ गते

images

दोहोरो अंकले घट्यो नेप्से, कारोबार साढे ४ अर्बमा खुम्चियो

दोहोरो अंकले घट्यो नेप्से, कारोबार साढे ४ अर्बमा खुम्चियो

आइतवार, पौष ७ २०८१०३:३३
आइतवार, पौष ७ २०८१०३:३३
  • images

    काठमाडौं । साताका पहिलो दिन आज शेयर बजार दोहोरो अंकले घट्दा कारोबार साढे ४ अर्बमा खुम्चिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १३.५३ अंकले तल झरेको हो । ०.५२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५८३.२९ अंकमा ओर्लिएको छ ।

    समग्रमा नेप्से घटे पनि हाइड्रो र उत्पादनमूलक समूह क्रमशः ०.६५ र १.५७ प्रतिशतले घटेको छ । बाँकी समूह भने राताम्मे भएका छन् । सबैभन्दा बढी विकास बैंक समूह २.०५ प्रतिशतले घटेको हो । 

    आज ३१९ कम्पनीका ९१ लख ८० हजार ७ सय १८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १ सय ७.१७ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 
    समग्रमा बजार तल झरे पनि विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स, बाराही हाइड्रो, ङादी हाइड्रो, सुपर मादी हाइड्रो र पिपुल्स पावरका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९ र ९.७१ प्रतिशतले नाफा कमाएका छन् । 

    त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.४० प्रतिशतले घाटा व्यहोरेका छन् । आज रिभरफल्स पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २२ करोड ३ लाख १२ हजार ८ सय ३४.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend