२०८३, आश्विन २१ गते

images

रवि लामिछानेको सांसद पद निलम्बनमा

रवि लामिछानेको सांसद पद निलम्बनमा

आइतवार, पौष ७ २०८१०४:२३
आइतवार, पौष ७ २०८१०४:२३
  • images

    काठमाडौँ । सम्पत्ति शुद्धीकरण ऐन अनुसार मुद्दा दर्ता भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ ।

    लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएको छ। उक्त मुद्धा दर्ता भएसँगै सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार सांसद पद स्वत निलम्बन हुने व्यवस्था छ।

    सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्ले जानकारी दिइन् ।

    सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ ९संशोधनसहित०को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो ।

    ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनमा भनिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend