काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रटाचार मुद्धा दायर गरेको छ ।
आयोगले आइतबार धादिङ रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगी, वडा अध्यक्ष प्रशान्त तामाङ र उपभोक्ता समितिका अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
यस्तै, पालिकाका इन्जिनियर सुदिप रेग्मी, लेखापाल बाबुलाल नेगी र असिष्टेन्ट सबइन्जिनियर लालमान तामाङ, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सन्जिव तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङ विरुद्ध समेत मुद्धा दायर भएको छ ।
गाउँपालिकाको वडा नं। ४ बोराङ स्थित पागोमादेखि स्कूलसम्म शाखा सडक निर्माणमा अनियमितता गरी गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको उनीहरुमाथि अभियोग लगाईएको छ ।
अख्तियारको प्रवक्ता नरहरि घिमिरेका अनुसार लागत अनुमान बमोजिम कार्य नभई कम काम भए गरेको कामलाई बढी गरेको देखाई प्राविधिक मूल्यांकन सहितको नापी किताब तयार एवं कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी भुक्तानी सम्बन्ध टिप्पणी र आदेशलाई सदर गरी १० लाख ८९ हजार ९ सय ८९.५८ रुपैयाँ उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको देखिएको छ ।

