२०८३, आश्विन २१ गते

images

पोखरामा ड्रागन वोट रेस आयोजना हुँदै, नेपाली सहित २० टिमको हुनेछ सहभागीता

पोखरामा ड्रागन वोट रेस आयोजना हुँदै, नेपाली सहित २० टिमको हुनेछ सहभागीता

आइतवार, पौष ७ २०८१०५:३०
आइतवार, पौष ७ २०८१०५:३०
  • images

    काठमाडौँ । पोखरामा ड्रागन वोट रेस आयोजना हुने भएको छ । यही पुस १४ र १५ गते दुई दिने दोस्रो नेपाल चीन मैत्रिपूर्ण ड्रागन वोट रेस आयोजना हुन लागेको हो । 

    २ दिने उक्त प्रतियोगितामा नेपाल, चीन र सिंगापुरका २० टीमको सहभागिता रहनेछ । जसमा नेपाली ११ समूह, चिनियाँ ८ र १ सिंगापुरका खेलाडीहरुले सहभागीता जनाउनेछन् । गत वर्ष ८ वटा समूहका खेलाडीहरु समावेश भएको उक्त प्रतियोगितामा यस वर्ष २० वटा समूहको सहभागीता हुन लागेको काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

    नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यकासाथ गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन वोट एशोसिएशन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एशोसिएशनको सह–आयोजनामा पोखरामा दोस्रो नेपाल–चीन मैत्रिपूर्ण ड्रागन वोट रेस आयोजना हुने लागेको हो । 

    २ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले १ हजार २०० सय डलर पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, सहभागी बाँकी १७ वटा समूहलाई प्रति समुह पाँच सय डलर पनि प्रदान गरिनेछ ।
     
    ड्रागन वोटको दोस्रो संस्करण पनि फेवातालमै हुनेछ । चीन सरकारकै अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन वोट फेस्टिवल पटक सफलतापूर्वक आयोजना गरिएको थियो । चीनले यस खालका प्रतियोगिता विश्वका ५० वटा देशमा आयोजना गर्ने गरेको छ । 

    सो अवसरमा बोल्दै नेपालका लागि चिनीया राजदुतावासमा डेप्टी चप्फ अफ मिशन वाङ सिनले प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनाको साथै नेपालको पर्यटन प्रर्वद्धन हुने अपेक्षा राखिएको बताए । उनले नेपालको पर्यटन प्रर्वद्धन गर्न चीन सधैं सकारात्मक रहेको उल्लेख गरे ।

    नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार पनि भएको उल्लेख गर्दै ड्रागन वोट रेसले पोखराको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए । उनले ड्रागन वोट रेसले पोखराको पर्यटनमा नयाँ आर्कषण समेत थपेको बताए ।

    चिनियाँले मनाउने यस पर्वलाई सन् २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ । चीनमा प्रचलित लुनार क्यालेण्डरको पाँचौं महिनाको पाँच गते चीनमा ड्रागन बोट फेष्टिभल आयोजना हुन्छ । 

    चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यस चाड मनाउने परम्परा रहेको छ । यस चाड मनाउन चीन सरकारले सार्वजनिक विदा दिएको हुन्छ । चीनमा बालबालिकादेखि बुढाबुढीसम्मले हर्षोल्लासपूर्वक यस चाड मनाउने गर्दछन् । चिनियाँ भाषामा ‘डुआन्वु जी’ भनिने ड्रागन बोट फेष्टिभल चीनको चार वटा ठूला चाडमध्ये एक हो । चीनमा ड्रागनलाई सकारात्मक शक्तिको रूपमा लिइने गरिन्छ । 

    सन् २०१९ मा चीनबाट १ लाख ६९ हजार ५३४ जना र २०२३ मा ६० हजार ८७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२४ को जनवरी देखि नोवेम्बरसम्म ९२ हजार ८४८ जना चिनीयाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend