२०८३, आश्विन २१ गते

images

यस्तो छ रविसहित १८ जनाको मुद्दाको अभियोगपत्र(पूर्णपाठ)

यस्तो छ रविसहित १८ जनाको मुद्दाको अभियोगपत्र(पूर्णपाठ)

आइतवार, पौष ७ २०८१०५:४५
आइतवार, पौष ७ २०८१०५:४५
  • images

    काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेसहितविरुद्ध आज मुद्दा दायर भएको छ । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।

    जिल्ला सरकारी वकिल कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १८ जनालाई संगठित अपराधको कसुरमा अभियुक्त बनाएर आइतबार अदालतमा मुद्दा दायर गरेको हो । कास्की जिल्ला अदालतमा दायर अभियोगपत्रमा उनीहरूलाई संगठित अपराधमा सजाय गरी जरिवाना समेतको माग गरिएको छ ।

    संगठित अपराधमा अभियुक्त बनाइएकाहरूमा रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १८ जना छन् ।

    अरू प्रतिवादीमा रामबहादुर खनाल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन, नेत्रपाणि बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, ओमप्रकाश गुरुङ, किरणबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठ र लक्ष्मीप्रसाद पौडेल छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend