२०८३, आश्विन २१ गते

images

रवि लामिछानेलाई निलम्बन गर्न संसदमा पत्र

रवि लामिछानेलाई निलम्बन गर्न संसदमा पत्र

आइतवार, पौष ७ २०८११०:३३
आइतवार, पौष ७ २०८११०:३३
  • images

    काठमाडौं । प्रतिनिधिसभाका सदस्य समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सांसद पद निलम्बनको प्रक्रिया अघि बढेको छ ।

    आज (आइतबार) कास्की जिल्ला अदालतमा लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएसँगै उनको सांसद पद निलम्बनको प्रक्रिया अघि बढाइएको हो ।

    त्यसका लागि आइतबार साँझ कास्की प्रहरीले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र दर्ता भएको जानकारी संसद् सचिवालयलाई पठाएको हो । सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ बमोजिम मुद्दा अदालतमा दर्ता भएपछि पद स्वतः निलम्बन हुन्छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार लामिछानेको सांसद पद स्वतः निलम्बनमा परेको जानकारी गराए ।

    ‘उहाँको सांसद पद स्वतः निलम्बनमा रहन्छ, सम्पत्ति शुद्धीकरणको दफा २७ मा भएको व्यवस्थाअनुसार स्वतः निलम्बन हुनेछ ।’ ‘प्रचलित कानूनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ’, ऐनमा व्यवस्था छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend