२०८३, आश्विन २१ गते

images
  • समाचार
  • हिरासत फोटो प्रकरण: पक्राउ परे निकोलस...

हिरासत फोटो प्रकरण: पक्राउ परे निकोलस भुसाल

हिरासत फोटो प्रकरण: पक्राउ परे निकोलस भुसाल

सोमवार, पौष ८ २०८१०७:५५
सोमवार, पौष ८ २०८१०७:५५
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको  हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ परेका छन्।

    भुसाललाई आइतबार बेलुकी साढे ८ बजेतिर काठमाडौंको थलीबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए। उनलाई सोमबार पोखरा लैजाने तयारी गरेको उनले बताए।

    जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेको फोटो आफूले सीसीटीभीबाट खिचेको भुसालले स्वीकार गरेका थिए।

    प्रहरीको गेटभित्र सीसीटीभी देखेको र त्यसमा रवि लामिछाने सुतेको देखिएपछि फोटो खिचेको उनको भनाइ थियो। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend