२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • सहकारी ठगी प्रकरणः लामिछानेको मुद्धामाथि आजदेखि...

सहकारी ठगी प्रकरणः लामिछानेको मुद्धामाथि आजदेखि थुनछेक बहस

सहकारी ठगी प्रकरणः लामिछानेको मुद्धामाथि आजदेखि थुनछेक बहस

सोमवार, पौष ८ २०८१०८:०३
सोमवार, पौष ८ २०८१०८:०३
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की अदालतमा दायर सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको छ ।

    अदालतमा आज गोला प्रथापछि न्यायाधीशको बेन्च तय हुनेछ । बेन्चले सुनुवाइ सकिएपछि लामिछानेलगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पूर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।

    सरकारी वकिलको कार्यालय कास्कीले लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

    पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ । लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।

    सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend