२०८३, आश्विन २१ गते

images

बढ्यो सेयर बजार, २६१२ बिन्दुमा उक्लियो

बढ्यो सेयर बजार, २६१२ बिन्दुमा उक्लियो

सोमवार, पौष ८ २०८१०३:२६
सोमवार, पौष ८ २०८१०३:२६
  • images

    काठमाडौं । तीन दिन लगातार घटेको सेयर बजार आज, सोमबार २९ अंकले बढेको छ ।  समग्रमा १.११ प्रतिशतले बजार बढ्दै परिसूचक २६१२ बिन्दुमा उक्लिएको हो । 

    आज १९४ कम्पनीको मूल्य बढेको छ । सपोर्ट माइक्रोफाइनान्स र सुपर मादी जलविद्युतको मूल्यमा सकारात्मक सर्किट लाग्यो । आज बाराही हाइड्रो, बलेफी हाइड्रो र नेपाल हाइड्रोको सेयर मूल्य ९ प्रतिशत धेरैले बढेको छ । आज जलविद्युत् उपसमूहको सूचक २.६५ प्रतिशतले बढेको छ । 

    कुल ४२ कम्पनीको मूल्य घट्दा सोमबार मानुषी लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । आज ४ अर्ब ४३ करोडको सेयर खरिदबिक्री भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend