२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • डिपी अर्यालले पाए रास्वपाको कार्यवाहक सभापतिको...

डिपी अर्यालले पाए रास्वपाको कार्यवाहक सभापतिको जिम्मा

डिपी अर्यालले पाए रास्वपाको कार्यवाहक सभापतिको जिम्मा

सीएनएन खबर
सोमवार, पौष ८ २०८१०५:१९
सीएनएन खबर
सोमवार, पौष ८ २०८१०५:१९
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मा डोलप्रसाद अर्याल (डिपी) अर्यालले पाएका छन् । 

    पार्टीको उपसभापति रहेका अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो।

    ‘उपसभापति अर्याललाई कार्यवाहक सभापति तोक्ने निर्णय सचिवालय बैठकले गरेको छ,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले भने, ‘सभापति लामिछानेको सिफारिसमा अर्याललाई सचिवालय बैठकले कार्यवाहक सभापति तोकेको हो।’

    रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था छ। उपसभापति अर्यालभन्दा अर्का उपसभापति स्वर्णिम वाग्ले ज्येष्ठ हुन्। तथापि सभापति लामिछानेले अर्याललाई नै कार्यवाहक तोक्ने सिफारिस गरेका छन्।

    रास्वपा सभापति रवि लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चार कसुरमा मुद्दा दर्ता भएको थियो।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend