२०८३, आश्विन २१ गते

images

रवि लामिछाने सांसद् पदबाट निलम्बित

रवि लामिछाने सांसद् पदबाट निलम्बित

सोमवार, पौष ८ २०८१०७:०६
सोमवार, पौष ८ २०८१०७:०६
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद  पदबाट निलम्बित भएका छन्। उनलाई सोमबार सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन्।

    सभामुख घिमिरेले सोमबार बेलुका लामिछाने् निलम्बनको पत्र टाँस गरेका हुन्। प्रतिनिधिसभा नियमावली अनुसार संसद् अधिवेशन नरहेको अवस्थामा निलम्बनको पत्र टाँस गर्नुपर्ने व्यवस्था छ।

    सहकारी तथा सम्पत्ति शुद्धीकरण कसुरमा लामिछानेबिरुद्ध आइतबार अभियोग दर्ता भएपछि उनको सांसद निलम्बन हुने पक्कापक्की नै थियो। लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारी प्रहरीले सभामुख देवराज घिमिरेलाई आइतबार साँझ पठाएको थियो । यद्यपि रास्वपाका तीन सांसद्ले सोमबार सभामुख देवराज घिमिरेलाई भेटी रवि लामिछानेलाई निलम्बन नगर्न आग्रह गरेका थिए।

    rabi.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend