२०८३, आश्विन २१ गते

images
  • समाचार
  • तनहुँ आँधीखोलामा ट्रक दुर्घटना, चालक र...

तनहुँ आँधीखोलामा ट्रक दुर्घटना, चालक र सहचालकको मृत्यु

तनहुँ आँधीखोलामा ट्रक दुर्घटना, चालक र सहचालकको मृत्यु

मंगलवार, पौष ९ २०८११२:५०
मंगलवार, पौष ९ २०८११२:५०
  • images

    काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ आँधीखोलामा आज बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
    ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए ।

    डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०१-००१ य १६५९ नम्बरको स्करपियोलाई विपरीत दिशाबाट आउँदै गरेको ए २-०३००-१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

    ठक्कर पश्चात् स्करपियो सडकमै रहेको र ट्रक पुलकोबीच भागबाट खसेर दुर्घटनाग्रस्त भएको थियो । स्करपियोमा सवार चार जना सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्रकलाई क्रेनको सहायताले तानिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend