२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी विकास बैंकद्वारा...

सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी विकास बैंकद्वारा विभिन्न कार्यक्रम सम्पन्न

सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी विकास बैंकद्वारा विभिन्न कार्यक्रम सम्पन्न

मंगलवार, पौष ९ २०८१०६:२०
मंगलवार, पौष ९ २०८१०६:२०
  • images

    काठमाडौं । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गरेको छ । 

    महालक्ष्मी विकास बैंकको लाल बन्दी शाखाद्वारा रोटरी क्लब अफ ठमेल काठमाडौं र रोट¥याक्ट क्लब अफ थेम्स इन्टरनेशनल कलेजको संयुक्त पहलमा गरिएको परियोजना ‘परियोजना न्यानो’ अन्तर्गत पुस १३ गते ईश्वरपुर नगरपालिका वडा न. २ सर्लाहीका सीमान्तकृत मुसहर समुदायलाई न्यानो डसना, ब्ल्याङ्केट र कपडाहरू वितरण गर्न आर्थिक सहयोग गरेको छ । 

    बैंकको राजापुर शाखाद्वारा धार्मिक सप्ताह श्रीमद् भागवत ज्ञान महायज्ञ सञ्चालन भएकोमा अमर सहिद बहुमुखी क्याम्पससँगको सहकार्यमा उक्त अवधिभर जथाभाबी भएको फोहोर सङ्कलन तथा क्याम्पस रोड र क्याम्पस परिसर भित्र सरसफाइ गर्न तथा फोहर मैलाहरू व्यवस्थापन गर्न डस्टबिनहरू वितरण गरेको हो । 

    Mahalaxmi 1.jpg

     

    बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend