२०८३, आश्विन २१ गते

images

घुस रकम सहित समातिए ट्राफिकका हाकिम

घुस रकम सहित समातिए ट्राफिकका हाकिम

बिहिवार, पौष ११ २०८१०३:४७
बिहिवार, पौष ११ २०८१०३:४७
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित ट्राफिकका प्रमुख प्रहरी नायब निरीक्षकलाई नियन्त्रणमा लिएको छ । 

    अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलिले जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीलाइ २५ हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको हो ।

    उनले सवारी साधनलाई आवतरजावत गर्न सहजीकरण गरिदिए वापत घुसररिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अनुुगमन गर्दा घुस लिएको पाइएको अख्तियारले जारी गरेको विज्ञप्तीमा भनिएको छ । 

    घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २५ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend