२०८३, आश्विन २१ गते

images
  • समाचार
  • पक्राउ परे सिद्धार्थ बैंकका प्रबन्धक, यस्तो...

पक्राउ परे सिद्धार्थ बैंकका प्रबन्धक, यस्तो छ कारण

पक्राउ परे सिद्धार्थ बैंकका प्रबन्धक, यस्तो छ कारण

बिहिवार, पौष ११ २०८१०४:१२
बिहिवार, पौष ११ २०८१०४:१२
  • images

    काठमाडौँ । सिद्धार्थ बैंकको प्रबन्धक पक्राउ परेका छन् । बैंकको जनकपुरस्थित मिल्स एरिया शाखाका प्रबन्धक अरन बलम्पाकी पक्राउ परेका हुन् ।

    जनकपुर उपमहानगर ८ की ऋणी सुध्रिका देवी कुर्मीले बलम्पाकीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि बिहीबार दिउँसो प्रहरीले उनलाई कार्यालयबाट नियन्त्रणमा लिएको हो।

    कुर्मीले केही वर्षअघि ऋण लिनका लागि धितो राखेको जनकपुर ८ मा रहेको साढे ८ धुर जग्गा जानकारीबिना लिलाम गरिएको आरोप लगाउँदै उजुरी दर्ता गराएकी थिइन्। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend