२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • केपी ओलीको ‘अन्यायपूर्ण निर्णय’को विरोध गर्न...

केपी ओलीको ‘अन्यायपूर्ण निर्णय’को विरोध गर्न भीम रावलको अपिल

केपी ओलीको ‘अन्यायपूर्ण निर्णय’को विरोध गर्न भीम रावलको अपिल

बिहिवार, पौष ११ २०८१०४:४८
बिहिवार, पौष ११ २०८१०४:४८
  • images

    काठमाडौं । नेकपा (एमाले)को निष्कासनमा परेका नेता भीम रावलले आफूलाई पार्टीबाट हटाउने निर्णयको विरोध गर्न अपिल गरेका छन् ।

    बिहीबार नेता रावलले सामाजिक सञ्जाल एक्समार्फत्आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको विरोधमा समर्थन खोजेका हुन् ।

    ‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ रावलले एक्समा लेखेका छन् । उनले एमाले कार्यकर्तालाई विरोधमा उत्रन अपिल गरेका हुन् ।

    रावलले पार्टी सदस्यबाट आफूलाई हटाउने निर्णयलाई ओलीको सत्ताउन्माद, निरकुंश, स्वेच्छाचारी र तानाशाही निर्णय भनेका छन् ।

    सत्ताको उन्मादमा ओलीले निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय गरेको उनको भनाइ छ । 'निर्माण र विस्तारका साथै राष्ट्रियता, स्वाधीनता, समृद्धि, जनाधिकार, न्याय र समानताका लागि निरन्तर सक्रिय रहेर योगदान गर्दै आएकोमा देश, जनता, सुशासन, विधि, पद्धति, सदाचार, सत्य र तथ्यको पक्षमा उभिएकोमा मलाई पार्टी सदस्यबाट हटाउने केपी ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय हो,' उनले भनेका छन् ।

    bhhh.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend