२०८३, आश्विन २१ गते

images
  • समाचार
  • देशका धेरै भागमा २ दिन वर्षासहित...

देशका धेरै भागमा २ दिन वर्षासहित हिमपात हुने

देशका धेरै भागमा २ दिन वर्षासहित हिमपात हुने

बिहिवार, पौष ११ २०८१०६:२२
बिहिवार, पौष ११ २०८१०६:२२
  • images

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै शुक्रबार अपराह्नदेखि शनिबार नेपालका धेरै भागमा मौसम बदली हुने बताएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझबाट नेपालका धेरै स्थानहरूमा आंशिक देखि साधरणतया बदलीको सम्भावना रहेको जनाएको हो ।

    विभागले शनिबारसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानसहित गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात समेत हुनसक्ने जनाएको छ ।

    साथै सुदूरपश्चिम र कर्णालीका धेरै स्थानहरू र लुम्बिनीका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend