काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
कोषले शुक्रबार एक सूचना जारी गर्दै हाल रिक्त रहेका विभिन्न तह र पदमा आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।
सूचना अनुसार दसौँ तहदेखि चौथो तहसम्म गरी २७ वटा पदमा २९ जना कर्मचारी माग गरेको छ ।
जसमा १० औँ तहको निर्देशनमा १ जना, ८ औँ तहको वरिष्ठ सहायक निर्देशक, वरिष्ठ सहायक निर्देशक (लगानी तथा जोखिम विश्लेषण), प्रशासन, कानून, विविध कम्प्युटर इन्जिनियरिङमा क्रमश १÷१ जना माग गरेको छ ।
यस्तै, ७ आँै तहमा प्रशासन, वित्त, लगानीमा खुला, आ.प्रा, आदिवासी जनजाति, मधेशी, महिलामा क्रमश १÷ १ जना सहायक निर्देशकको लागि दरखास्त आह्वान गरेको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ १० गतेसम्म अनलाइनबाट दरखास्त दिन सक्नेछन् ।
तोकिएको अवधिभित्र इच्छुक आवेदक कर्ताले अनलाइन माध्यमबाट दरखास्त पेश गर्न सक्नेछन् । दरखास्त पेश गरेपछि उम्मेदवारले ढिलोमा दोब्बर दस्तुर तिरी दरखास्त दिन पाउने अन्तिम मितिको भोलिपल्ट खल्ती, इसेवा वा केनक्ट आइपीएस मार्फत परिक्षा दस्तुर अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषको नाममा प्राइम बैंकमा रहेको खातामा जम्मा गरिसकेको हुनुपर्नेछ ।

