२०८३, आश्विन २१ गते

images
  • समाचार
  • आठ जना उपसचिव सहसचिव बढुवाका लागि...

आठ जना उपसचिव सहसचिव बढुवाका लागि सिफारिस, को को परे

आठ जना उपसचिव सहसचिव बढुवाका लागि सिफारिस, को को परे

शुक्रवार, पौष १२ २०८१०८:३३
शुक्रवार, पौष १२ २०८१०८:३३
  • images

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८ जना उपसचिवलाई सहसचिव बढुवाका लागि सिफारिस गरेको छ । 

    मन्त्रालय अन्तरगतको बढुवा समितिले विभिन्न सेवा, समूह र श्रेणीमा कार्यरत उपसचिवहरूलाई बढुवा गर्ने निर्णय गरेको हो ।

    लोक सेवा आयोगको सिफारिसअनुसार २०८१ पुष ११ गते बसेको बढुवा समितिको बैठकले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि नेपाल परराष्ट्र सेवा ५, नेपाल लेखापरीक्षण सेवा १ र नेपाल इन्जिनियरिङ सेवाका २ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

    नेपाल परराष्ट्र सेवातर्फ हरि प्रसाद ओडारी, प्रकाश अधिकारी, दधिराम भण्डारी, डमरुवल्लभ पौडेल, पारस पण्डित रहेका छन् ।

    यस्तै, नेपाल लेखापरीक्षण सेवातर्फ टिका राम श्रेष्ठ रहेका छन् भने नेपाल इन्जिनियरिङ सेवा तर्फ नारायण प्रसाद श्रेष्ठ र शम्भु मिश्र रहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend