२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • शंकर पोखरेल भन्छन्,‘भीम रावल आफैँ पार्टीबाट...

शंकर पोखरेल भन्छन्,‘भीम रावल आफैँ पार्टीबाट निक्लिनु भएको हो’

शंकर पोखरेल भन्छन्,‘भीम रावल आफैँ पार्टीबाट निक्लिनु भएको हो’

शुक्रवार, पौष १२ २०८१०२:३८
शुक्रवार, पौष १२ २०८१०२:३८
  • images

    काठमाडौं ।  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भीम रावल आफैँ पार्टीबाट निक्लिएको बताएका छन् । प्रेस चौतारी नेपाल चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीका पूर्व उपाध्यक्ष रावलले पार्टी छाडिसकेकाले उहाँलाई निकालिएको नभई आफैँ छाडेको बताएका हन ।

    ‘पार्टीका निर्णय र नीतिको विपक्षमा अभियान चलाएर हिँडेपछि उहाँ पार्टी सदस्य हुनुभएन । त्यसैले पार्टीले निकालेको होइन आफैँ निस्किनुभएको हो, ‘महासचिव पोखरेलले भने । पुस १० गते एमाले सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको थियो ।

    महासचिव पोखरेलले भने, ‘‘रावलजीले एमालेको मूल्य मान्यता र अनुशासनभित्र बस्न सक्नुभएन । संसदभित्रको संसदीय ह्विप उल्लंघन गर्नुभयो । पार्टी र पार्टीका अध्यक्षविरुद्ध अभिव्यक्ति दिँदै हिँड्नुभयो । त्यसैले पार्टी सदस्य रहनुभएन ।’’

    संसद् विघटनपछिको परिस्थितिमा नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षधरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा भीम रावलसहितका नेताहरू विपक्षमा उभिएका थिए ।

    ‘‘रावलजी आफू नेतृत्वमा रहेको ठाउँमा अरूलाई जंगी शासन लगाउने गर्नुभएको थियो । अरूमाथि आफूले गर्ने जंगी व्यवहार, आफू भने नियममा बस्न पर्दैन ।’’ पोखरेलले भने ।

    पार्टीले रावललाई सुध्रिने अवसर दिए पनि नसुध्रिएपछिको परिणाम भएको उनले बताए।

    ‘पार्टीको महाधिवेशनमा उपाध्यक्षमा बस्न आग्रह गर्दा मान्नुभएन । केन्द्रीय सदस्यमा पनि पराजित हुनुभयो । ‘‘हामीले अहिलेसम्म महाधिवेशनमा पराजित भएका कसैलाई पनि केन्द्रीय कमिटीमा मनोनीत गरेका छैनौँ । महाधिवेशनमा पराजित भएका सबैलाई सल्लाहकार परिषद्को सदस्य बनाएका छौँ, ‘महासचिव पोखरेलले भने । रावलजी सल्लाहकार समितिमा बस्न अस्वीकार गरेको र पूर्वपदाधिकारीको हैसियतमा पार्टीको पक्षमा भन्दा पनि विपक्षमा अभियान चलाएर हिँडेको महासचिव पोखरेलले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend