२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ रजिष्टर...

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ रजिष्टर गर्नेले स्मार्ट फोन पाउने

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ रजिष्टर गर्नेले स्मार्ट फोन पाउने

सीएनएन खबर
शुक्रवार, पौष १२ २०८१०३:००
सीएनएन खबर
शुक्रवार, पौष १२ २०८१०३:००
  • images

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ नयाँ रजिष्टर गर्ने ग्राहकले स्मार्ट फोन पाउने भएका छन् । बैंकले वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकका लागि नयाँ अभियानको घोषणा गरेको हो। उक्त जसअन्तर्गत ग्राहकले आकर्षक पुरस्कारहरू जित्न सक्नेछन् ।

    राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सबैभन्दा ठूलो वाणिज्य बैंक हो । यस अभियानमार्फत बैंकले आफ्ना ग्राहकलाई आकर्षक पुरस्कार र बोनस प्रदान गरेर आफ्नो विशेष दिनलाई उनीहरूसँग मनाउने उद्देश्य लिएको छ ।

    यो अभियान अवधिभित्र राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङमा नयाँ रजिस्टर गर्ने दुई जना भाग्यशाली विजेताहरूलाई नयाँ स्मार्टफोन प्रदान गरिने जनाइएको छ ।

    साथै, आरबीबी डिजिटल संसार, राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर ५०० रुपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गर्ने ग्राहकहरूमध्ये १०० भाग्यशाली विजेताहरूलाई १०० को टपअप बोनस प्रदान गरिनेछ ।

    यो अभियान पौष १० देखि माघ १० सम्म सीमित रहनेछ । अभियानका विस्तृत नियम र शर्तहरूका लागि राष्ट्रिय वाणिज्य बैंकको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल प्लेटफर्महरूमा जानकारी उपलब्ध गराइने पनि जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend