काठमाडौँ । एकैपटक २१ जना न्यायाधीशको सरुवा भएको छ । न्याय परिषद्ले उच्च र जिल्ला अदालतमा कार्यरत २१ जना न्यायाधीशको सरुवा गरेको हो ।
शुक्रबार परिषद्को बैठकले उच्च अदालतका ९ र जिल्ला अदालतका १२ न्यायाधीशको सरुवा गरेको हो।
जसअनुसार उच्च अदालत पाटनका न्यायाधीस खुशीप्रसाद थारुको वीरगञ्ज, रमेश ढकालको बुटवल, दिपायल उच्च अदालतका न्यायाधीश डालकुमार खड्काको पाटन उच्च अदालत, बुटवलका दिपेन्द्र अधिकारीको पोखरा, बुटवलका रेखा थापा पाण्डेको विराटनगर, सुर्खेतका सागर विष्टको बुटवल, सिरहा जिल्ला अदालतका न्यायाधीश उपेन्द्रकेशर खनालले पर्सा, सिराहाका महेश खनालको कपिलबस्तु, बाँकेका डोलनाथ न्यापानेको कालिकोट र सिराहका गोपाल प्रसाद थापाको सिराह अदालतमा सरुवा भएको छ ।
यस्तै, पर्सा जिल्ला अदालतका न्यायाधीश रोशन गजुरेलको इलाम, कपिलवस्तुुका रोमानाथ अधिकारीको सप्तरी, मनाङका विदुर काफ्लेको सिराहा, पर्वतका विद्याराज पौडेलको मुुस्ताङ र कालिकोटका न्यायाधीश चन्द्रप्रकाश तिवारीको बाँके जिल्ला अदालतमा सरुवा भएको छ ।

