२०८३, आश्विन २१ गते

images

साताको पहिलो कारोबार दिन नै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन नै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, पौष १४ २०८११०:३९
आइतवार, पौष १४ २०८११०:३९
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नै सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको तथ्यांक अनुसार आइतबार सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो । 

    तथ्यांक अनुसार आज छापावाल सुन प्रतितोला एक लाख  ५०  हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार  सुन प्रतितोला एक लाख  ५०  हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी आज चाँदी मूल्य पनि २५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज चाँदी प्रतितोला  १ हजार ७  सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार  चाँदी  १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो । 

    आज  प्रति १० ग्राम सुनको मूल्य १ लाख २८ हजार ७ सय ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ३४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend