काठमाडौँ । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको सल्लाहकारलाई प्रतिनिधिसभाको सचिवमा नियुक्तीका लागि सिफारिस गरेको छ ।
सभामुख देवराज घिमिरेले आइतबार हर्कराज राईलाई प्रतिनिधिसभाको सचिवमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीका जिल्लाबासी तथा हाल भौतिक मन्त्री देवेन्द्र दाहालको सल्लाहकारलाई सचिव पदमा नियुक्तीका लागि सिफारिस गरेको पाइएको हो ।
तत्कालीन सचिव सुरेश अधिकारीले दुई महिना अघि (मंसिर ९ गते) राजिनामा दिएपछि उक्त पद खाली रहेको छ ।
त्रिभूवन विश्वविद्यालयबाट नेपालको विकास नीति तथा योजनावद्ध विकास विषयमा दर्शनार्चाय (एमफिल), राजनीति शास्त्र र ग्रामिण विकास विषयमा स्नाकोत्तर गरेका छन् । राई सुखानी सहित स्मृति प्रतिष्ठानका महासचिव पनि हुन् ।
सभामुख घिमिरेले राईलाई पाँच वर्षका लागि सचिव पदमा सिफारिस गरेको सचिवालयले जनाएको छ ।

