२०८३, आश्विन २१ गते

images

अखिल क्रान्तिकारीमा फेरि बबन्डर, नतिजा अनिश्चित

अखिल क्रान्तिकारीमा फेरि बबन्डर, नतिजा अनिश्चित

आइतवार, पौष १४ २०८११२:४९
आइतवार, पौष १४ २०८११२:४९
  • images

    काठमाडौं । उमेहर हद ३२ वर्ष राख्ने कि नराख्ने भन्ने विषयमा भएको मतदानमा विवाद हुँदा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मतगणना स्थगित गरेको छ।

    उमेरहदको विषय टुंग्याउन शनिबार देशभर तोकिएको मतदान केन्द्रमा मतदान भएको थियो। तर, केही जिल्लाको परिणाम आउन थालेपछि उजुरी परेको भन्दै मतगणनाा स्थगन गरिएको छ। 

    अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीका अनुसार मोरङ, डडेलधुरा लगायतका जिल्लामा मतदान नै हुन नसकेको र अरु कतिपय जिल्लामा गडबडी भएकाले त्यसको उजुरी निर्वाचन समितिमा परेपछि मतगणाना स्थगन भएको हो।  

    यी मतदान केन्द्रका मताहाल्ने प्रतिनिधि वास्तविक नभई फर्जी भएको उजुरी परेपछि प्रमुख निर्वाचन अधिकृत मुक्ति प्रधानले सम्बन्धित स्थानबाट कागजात आएपछिमात्र मतपरिणाम सार्वजनिक गर्ने सूचना प्रकाशित गरेका छन् । 

    ‘अनेरास्ववियू(क्रान्तिकारी)को मिति २०८१ पौष १३ गते सञ्चालन भएको उमेर हद सम्बन्धी निर्वाचनको भूगोल र गैह्र भूगोलका जिल्लाहरूका मतदान केन्द्रहरूबाट निर्वाचन सम्बन्धी कागजपत्रहरू प्राप्त हुन बाँकी भएकोले उक्त कागजातहरू प्राप्त भएपश्चात्मात्र मत गणनाको पूर्णताले प्राप्त गर्ने हुँदा तत्पश्चात् मत गणना परिणाम सार्वजनिक गरिनेव्यहोरा सम्बद्ध सबैलाई अवगत गराउन चाहन्छौँ,’ प्रधानले जारी गरेको सूचनामा उल्लेख छ । 


    विद्यार्थी संगठनमा विवाद देखिएपछि त्यसबारे छलफल गर्न माओवादी केन्द्रले पदाधिकारी बैठक समेत बोलाएको छ। बैठक आजै दिउँसो ३ बजे बस्नेगरी बोलाइएको हो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend