२०८३, आश्विन २१ गते

images

फेवातालमा ड्रागन बोट रेस फेस्टिभल(तस्बिरहरु)

फेवातालमा ड्रागन बोट रेस फेस्टिभल(तस्बिरहरु)

आइतवार, पौष १४ २०८१०२:५३
आइतवार, पौष १४ २०८१०२:५३
  • images

    काठमाडौं । पोखराको फेवातालमा ‘नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ । नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको फेस्टिभल सुरु गरिएको हो ।


    फेस्टिभलमा नेपाल, चीन र सिंगापुरका खेलाडी सहभागी भएका छन् । प्रतियोगिता सोमबारसम्म सञ्चालन हुनेछ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा २० टोली सहभागी छन् ।

    प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी १२९ खेलाडी यही पुस ११ गते पोखरा आएका थिए ।

    प्रतियोगितामा चीनको आठ, सिंगापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी भएका छन् । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्याफ्टिङ एजेन्सिज एशोसिएशन (नारा) सहित नेपालका ११ टोलीको सहभागी छन् ।

    प्रतियोगितामा ५०० र २०० मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृर्तीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।

    poihar14.jpg
    undefined
    nepal5.jpg
    undefined
    nepal10.jpg
    undefined
    nepal11.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend