काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले उनी विरुद्ध घुस लिएर भ्रष्टाचार गरेको भन्दै सम्पत्ति शुद्धिकरण विरुद्ध समेत गरी बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
उनीविरुद्ध १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । आयोगले मेयर बस्नेतसँगै उनकी श्रीमति उर्मिला बस्नेत र पद्म कोलोनी अध्यक्ष राजुप्रसाद कँडेलविरुद्ध विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ।

