२०८३, आश्विन २१ गते

images
  • समाचार
  • ३ लाख घुस सहित कार्यकक्षबाटै पक्राउ...

३ लाख घुस सहित कार्यकक्षबाटै पक्राउ परे शाखा अधिकृत

३ लाख घुस सहित कार्यकक्षबाटै पक्राउ परे शाखा अधिकृत

आइतवार, पौष १४ २०८१०८:०९
आइतवार, पौष १४ २०८१०८:०९
  • images

    काठमाडौँ । अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले घुस सहित शाखा अधिकृतलाइ पक्राउ गरेको छ । आयोगले आइतबार राष्ट्रिय किताबखाना (शिक्षक), छाउनी मार्ग तहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईले ३ लाख रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको हो । 

    उनले पेन्सनपट्टा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज धनेश्वर प्रसाईलाई सेवाग्राहीबाट ३ लाख रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend