काठमाडौँ । नेकपा (एमाले) बाट निस्कासित नेता भीम रावलले आफूले चाल्ने नयाँ कदमबारे बुधबार घोषणा गर्ने भएका छन् । उनले त्यसका लागि बुधबार दिउँसो १ बजे कार्की ब्यांकेटमा पत्रकार सम्मेलन समेत राखेका छन् ।
पार्टी अनुशासन विपरितको गतिविधि गरेको भन्दै नेकपा एमालेको १० पुसमा बसेको स्थायी कमिटी बैठकले रावललाई पार्टीको साधरण सदस्यबाटै मुक्त गर्ने निर्णय गरेको थियो ।
एमालेबाट निष्कासित भएपछि नयाँ पार्टी निर्माणको छलफलमा जुटेका डा. भीम रावलले राजनीतिक भेटवार्तालाई तीब्रता दिएका छन् ।
सोमबार बिहान उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका छन् । मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति हुन् ।

