२०८३, आश्विन २१ गते

images
  • समाचार
  • उपत्यका र तराईका केही स्थानमा हुस्सु,...

उपत्यका र तराईका केही स्थानमा हुस्सु, यस्तो छ अन्यत्रको अवस्था

उपत्यका र तराईका केही स्थानमा हुस्सु, यस्तो छ अन्यत्रको अवस्था

मंगलवार, पौष १६ २०८१०७:३५
मंगलवार, पौष १६ २०८१०७:३५
  • images

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले नेपालको तराईका धेरै स्थान र उपत्यकाको केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    आज दिउसो र राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहने छ । 

    बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु लाग्ने भएकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend