२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक,...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अब कुन बीमालेखको कति ?

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अब कुन बीमालेखको कति ?

मंगलवार, पौष १६ २०८१०८:०३
मंगलवार, पौष १६ २०८१०८:०३
  • images

    काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरूले पाउने नयाँ बोनसदर सार्वजनिक गरेको छ। नयाँ बोनसदर नेपाल बीमा प्राधिकरणले पुस १२ गते स्वीकृत गरेपछि सार्वजनिक गरिएको हो।

    कम्पनीले सावधिक जीवन बीमालेख योजनामा बीमितले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस पाउने जनाएको छ। यस योजनामा सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, लघु सावधिक, केटाकेटी सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी र जीवद उदय एकल जस्ता बीमा योजना समावेश छन्।

    त्यस्तै सावधिक जीवन बीमालेख अन्तर्गतकै नौलो सुरक्षित र नौलो केटाकेटी जीवन बीमा योजनामा बीमितले बीमा अवधिअनुसार ६५ रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस पाउनेछन्। त्यही प्रकारले जीवन समुन्नत बीमा योजनामा ५६ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसको व्यवस्था गरिएको छ।

    सुनौलो भविष्य जीवन बीमा योजनामा विकल्प १ र २ का लागि ६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस प्रदान गरिनेछ। यस्तै सुनौलो भविष्य जीवन बीमाको एकल बीमाशुल्क योजनामा बीमितले ५५ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस प्राप्त गर्न सक्नेछन्।

    सावधिक जीवन बीमालेखकै केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजनामा बीमितले ६० रुपैयाँदेखि ६२ रुपैयाँसम्म र जीवन साहारा र अनमोल जीवन बीमा योजनामा ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस दिइने कम्पनीले जनाएको छ।

    अग्रिम भुक्तानी योजनाहरूमा पनि बोनस दर घोषणा गरिएको छ। यस बीमालेख अन्तर्गतका सबै बीमा योजनाहरूमा समान ५६ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। त्यसैगरी अन्य योजनाहरू जस्तै जीवन सारथी योजनामा बीमितहरूले ६२ रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनस पाउने भएका छन्।

    कम्पनीले आर्थिक वर्ष २०८०र८१ को आर्थिक स्थितिको समीक्षा र बीमाङ्कीय प्रतिवेदनको आधारमा यो नयाँ बोनसदर तय गरेको हो। साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्मका लागि अन्तरिम बोनसदर यही लागू हुने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend