२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बैतडी केन्द्रबिन्दु भएर गयो ४.६ म्याग्निच्यूडको...

बैतडी केन्द्रबिन्दु भएर गयो ४.६ म्याग्निच्यूडको भूकम्प

बैतडी केन्द्रबिन्दु भएर गयो ४.६ म्याग्निच्यूडको भूकम्प

सीएनएन खबर
मंगलवार, पौष १६ २०८१०८:४७
सीएनएन खबर
मंगलवार, पौष १६ २०८१०८:४७
  • images

    काठमाडौँ । बैतडी केन्द्रबिन्दु बनाएर मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको हो। 

    बैतडीको सिगास गाउँपालिकाको नवाघर आसपास केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो।  आसपासका जिल्लामा पनि भूकम्प महशुस गरिएको थियो। 

    यसअघि जाजरकोट केन्द्रविन्दु बनाएर गत बिहीबार ४।२ म्याग्निच्यूडको भूकम्प गएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend