२०८३, आश्विन २१ गते

images

घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, पौष १६ २०८११०:४०
मंगलवार, पौष १६ २०८११०:४०
  • images

    काठमाडौँ । मंगलबार सुन र चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार सुन प्रतितोला एक हजार रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले घटेको हो । 

    सोमबार प्रतितोला एक लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला एक हजार ७ सय ९५ रूपैयाँ कायम थियो। 

    तथ्यांक अनुसार मंगलबार सुनको मूल्य घटेसँगै प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै,चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर मंगलबार प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend