२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • पर्यटन बोर्डको २६औं वार्षिकोत्सवः डिजिटल मार्केटिङलाई...

पर्यटन बोर्डको २६औं वार्षिकोत्सवः डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउन मन्त्री पाण्डेको निर्देशन

पर्यटन बोर्डको २६औं वार्षिकोत्सवः डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउन मन्त्री पाण्डेको निर्देशन

मंगलवार, पौष १६ २०८११२:५०
मंगलवार, पौष १६ २०८११२:५०
  • images

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको बताएका छन् । 

    नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री पाण्डले पर्यटन विकासको लागि पर्यटनमैत्री नीति आवश्यक रहेको कुरालाई मध्यनजर गर्दे सरकारको नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने बताए । 

    toooo.jpg
    undefined

    उनले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणालाई आत्मसात गर्दै अन्तरराष्ट्रिय प्रर्वद्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडी बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए । 

    tou4.jpg

    ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त देश हो । यही विविधता बिचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्नु आजको आवश्यकता हो ।  नेपालको आफ्नै मौलिक पर्यटन प्रडक्ट छ । यसलाई अन्तरराष्टिय बजारमा व्यापक प्रर्वद्धन गर्न आवश्यक छ’उनले भने । 

    संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री अरुण कुमार चौधरीले पर्यटन उद्योगको विकास र विस्तारबाट नेपालको आर्थिक विकास गर्न सकिने बताउँदै यसका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताए ।

    बोर्डका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेले बोर्डले पूर्वाधारको विकाससंगै प्रविधिको व्यापक प्रयोग, पर्यटनको लागि आवश्यक जनशक्ति विकासमा जोड दिनुपर्ने बताए । 

    tou3.jpg
    undefined

    नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य ऋषि भण्डारीले यसको लागि पर्यटन प्रर्वद्धनको मुख्य जिम्मेवारी बोकेको नेपाल पर्यटन बोर्ड सरोकारवाला सबैलाई साथमा लिएर गतिशील बनाउँदै लैजानु पर्ने बताए । 

    नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपालको पर्यटक आगमन विस्तारै लयमा फर्किदै गएको र नेपालको पर्यटनमा आगामी दिन थप सुनौलो हुने धारणा राखे । कोभिडपछि विश्व परिवेशमा ९७ प्रतिशत रिकभरी देखिएको र सन् २०२४ मा नेपालमा साढे एघार लाख पर्यटकले भ्रमण गरेकोले कोभिडपछिको नेपालको पनि ९६ प्रतिशतसम्म रिकभरी देखिएको उनले जानकारी दिए । 

    कार्यक्रमका नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनका अध्यक्ष कुन्दन मिश्रले संस्थाको आन्तरिक सुदृढिकरणका लागि आवश्यक नीतिगत सुधारका लागि पहल गरिदिन आग्रह गरे । 

    kun.jpg
    undefined

    कार्यक्रममा बोर्डले प्रकाशन गरेको वार्षिक मुखपत्र इनफोकसको विमोचन गर्नका साथै वार्षिकोत्सवका अवसरमा आयोजना गरेका विभिन्न खेलकुद कार्यक्रमका विजेता तथा उपविजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend